20/05/2026
चितवन । नारायणघाटस्थित एक पेट्रोल पम्पमा डिजेल हाल्ने क्रममा रोकिएको सार्वजनिक सवारीसाधनभित्र एक महिलामाथि अभद्र व्यवहार तथा शारीरिक दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार बसमा यात्रा गरिरहेकी महिलामाथि एक तेस्रोलिंगी व्यक्तिले दुर्व्यवहार गर्नुका साथै संवेदनशील अंगमा प्रहार गरेको आरोप लागेको छ। घटनापछि ती महिला बेहोस हुने अवस्थामा पुगेकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय स्तरसम्म चौतर्फी विरोध भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको माग उठिरहेको छ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको बताइएको छ ゚